stcnepal long ad
ime life insurance
national life
global ime bank long

पत्रकारलाई १६ करोड रुपैयाँको स्वास्थ्य बीमा

सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. मार्फत१५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो संस्थामा आबद्ध भएका सदस्यहरुका लागि स्वास्थ्य बीमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. मार्फत१५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरेको छ ।

फागुन १७ गते एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत आश्विन पराजुलीलाई बीमा पोलिसी हस्तान्तरण गरेका थिए ।

यो स्वास्थ्य बीमा पोलीसी गत फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बीमाको अवधि एक वर्षको हुने बीमा कम्पनीले जनाएको छ ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरुको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागि समेत संस्था गम्भीर रहेको बताएका छन ।

सजनका अध्यक्ष ओलीले ूहामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौं, जुन सधै कायमै रहन्छ। सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं । सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएकोू अध्यक्ष ओलीले भनेका छन ।

सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शाहले सेजनका सदस्यलाई आफ्नो संस्था मार्फत बीमा गर्न पाउनु निकै खुसीको विषय भएको बताउदै सबै नेपाली बीमामा जोडिन आवश्यक रहेको समेत बताएका थिए ।

बीमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहले बताएका छन । बीमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उनको भनाइ थियो ।

आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बीमा गर्दाका फाइदाका सम्बन्धमा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने शाहले आर्थिक पत्रकारहरू समक्ष आग्रह गरेका थिए ।

IME Lifesidebar
kumari