stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रधान सेनापतिद्वारा तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज २०८० फाल्गुण १३ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सुनिल श्रेष्ठ, सहायक रथी अनुप जंग थापा र सहायक रथी प्रकाश देउजालाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ श्री मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को् सचिवालयको सह(संयोजक र उपरथी देउजा, श्री संभार रथी विभागमा नियुक्त हुनुभएको छ । उहाँहरू नेपाल सरकारको २०८० फाल्गुण ०६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएको हो ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

 

IME Lifesidebar
kumari