stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सीईओ नियुक्ति प्रक्रिया विवादमा परेपछि छानबिन समिति गठन

खानेपानी मन्त्रालयले सीईओ नियुक्ति प्रक्रिया स्थगित गरे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (केयूकेएल)नियुक्ति प्रक्रिया स्थगित भएको छ । केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले सीईओ नियुक्ति प्रक्रिया स्थगित गरेको हो ।

सीईओ नियुक्ति प्रक्रिया विवादित बनेपछि खानेपानी तथा ढल निकास विभागका उपमहा निर्देशक माधव प्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिलाई आइतबारदेखि एक साताको म्याद दिइएको छ ।

केयूकेएलको २१ असोजमा बसेको सञ्चालक समितिको बैठकले नयाँ सीईओ छनोट तथा सिफारिस गर्न सञ्चालक समिति सदस्य रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले इन्जिनियर अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, इन्जिनियर उमेशबाबु मरहट्टा, डा. इन्जिनियर डोलप्रसाद चापागाईँ, इन्जिनियर दीपेन्द्रकुमार देव, प्रकाशकुमार राई, इन्जिनियर रमेश केसी र राजेन्द्र श्रेष्ठलाई सर्ट लिस्टेड गरेको थियो ।

केयूकेएलमा आर्थिक प्रभावमा परी सीईओ नियुक्त गर्न लागिएको भन्दै अख्तियारमा उजुरी समेत परेको थियो ।

अख्तियारमा उजुरी परेपछि मन्त्रालयले केयुकेएलसँग सीईओ नियुक्ति सम्बन्धी विवरण उपलब्ध गराउन भनेको थियो । मन्त्रालयलाई विवरण उपलब्ध गराइसकिएको केयूकेएलका कम्पनी सचिव दीपेन्द्र बहादुर ओलीले जानकारी दिए ।

सम्बन्धित समाचार स् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा आठ जना छनौट

IME Lifesidebar
kumari