stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान भएको छ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रमुख कार्यकारी अधिकृत पदका लागि बुधबार दरखास्त आह्वान भएको हो।

प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने जनाइएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको (माघ २४ गते, बुधबारको) मितिले २१ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ।

IME Lifesidebar
kumari