citizens life insurance long ad
stcnepal long ad

अजाया  र अल अली ग्रुप, युएइ बीच साझेदारीका लागि एमओयू

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डायमण्ड (हिरा) कोअन्तराष्ट्रिय ब्राण्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारीको हातअघि बढाएका छन्।

अजाया बा्रन्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेश कुमार अडुिकयाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारीलेविज्ञता र लगानीलाई एकैठाउँमा ल्याएको हुँदाअजायाले छोटो  समयमै विश्व  बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।

समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्नुहुन्छ, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्राण्ड हो।

यसलाई नेपालमा मात्रैनभएर विश्व बजारमैस्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउनेकाम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’

त्यसैगरी विशाल सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उहाँले बनाउनु भयो । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योग मार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने बताउनु भयो ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रुप दिन योसमझदारी कोसेढुंगा साबित हुने बताए ।

‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ ।’ उनले भने ।

IME Life
kumari