stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा अभिकर्ता क्षमता अभिबृद्धि तालिम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गाईघाट शाखाले आफ्ना अभिकर्ताहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।

कम्पनीले पछिल्लो समय सार्वजनिक गरेका बीमा नीति र अभिकर्तालाई क्षमता अभिबृद्धिका लागि एक दिने तालिम प्रदान गरिएको हो ।

स्थानीय रत्ना रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा बीमा योजनाहरु, जोखिमाङ्करण, बीमा दाबी र वार्षिक प्याकेजबारे जानकारी गराइएको थियो । सो

क्रममा कम्पनीले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको उत्कृष्ट बीमा योजनाहरुबारे गाईघाट शाखाा प्रमुख प्रेमकुमार राईले सहजीकरण गरेका थिए ।

त्यस्तै कम्पनिका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईले आर्थिक वर्ष २०८०/०८१ का लागि अभिकर्ताहरुले प्राप्त गर्ने वार्षिक प्याकेजबारे छलफल गरेका थिए ।

प्रदेश प्रमुख राईले बीमाका लागि अभिकर्ताहरु समुदायमा जाँदा प्रस्तुत गर्नुपर्ने व्यवहारिक ज्ञान र पूर्वतयारीबारे सुझाव दिएका थिए ।

उनले कम्पनिको शाखा कार्यालय र अभिकर्ताहरुले सर्वसाधरणलाई बीमा गराउदा हुनसक्ने त्रुटिले जोखिम बहनमा समस्या देखिने गरेको भन्दै कागजी प्रक्रियामा ध्यान दिन समेत आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा गाईघाट शाखाका ट्रेनि सहायक सुवास रानाले वीमा दाबीसम्बन्धी प्रस्तुतीकरण राखेका थिए ।

बीमाको क्रममा हुने जोखिमाङ्कनबारे गाईघाट शाखा ट्रेनिसहायक अप्सरा खत्रीले स्लाईडमार्फत सहजीकरण गरेकी थिइन् । सो क्रममा अभिकर्ताले वीमा पोलिसी कागजात फारम भर्दा ध्यान दिनुपर्ने पक्षहरुबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा गाईघाट शाखामार्फत आकर्षक व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान पनि गरिएको छ । होमबहादुर लुंगेली, अनिरुध चौधरी, गणेश कार्की र बिन्दाकुमारी मस्राङगी मगर लगायत सम्मानित भएका हुन् ।

कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको पनि सहभागिता रहेको थियो । जम्मा ७१ जना सहभागी रहेको कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो ।

जीवन सुरक्षा र बचत समेत हुने भएकाले पछिल्लो समय बीमा गरेर बचत गर्नेतर्फ सर्वसाधरणले चाँसो देखाउन थालेको शाखा प्रमुख राईको भनाई छ ।

IME Lifesidebar
kumari