citizens life insurance long ad
stcnepal long ad

आज पनि अधिकांश क्षेत्रमा हिमपात र वर्षा कायमै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बिहीबार देखि ह्वात्तै बढेको चिसो शुक्रवार पनि कायमै रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले आज पनि हिमपात र वर्षा कायमै हुने भएकाले चिसो थप बढ्न सक्ने जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

IME Life
kumari