citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

युनिक नेपाल लघुवित्तको नाफा  बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्तको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा ११८.८२ प्रतिशतले बढेर ३ करोड ३२ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन आम्दानी बढेकाले नाफामा पनि वृद्धि भएको हो । सञ्चालन आम्दानी १३०।५८ प्रतिशतले बढेर ४ करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यता, खुद ब्याज आम्दानी भनेर ११.८३ प्रतिशतले घटेर ११ करोड ८१ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ४० लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दनी कमाएको थियो । खराब कर्जा पनि आकाशिएको छ ।

खराब कर्जा २.५५ प्रतिशतले बढेर ९.९२ प्रतिशत पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ ।

वितरण योग्य नाफा ७९ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६३ रुपैयाँले बढेर २२ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ३२५ रुपैयाँ ६४ पैसा छ ।

gold
himalayan life insurance long ad