stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सको माघ २५ गते ३०औं वार्षिक साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले माघ २५ गते, बिहीबार ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस,२६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनश शेयर र सो को कर प्रयोजनार्थ सहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सभाले संचालकको भत्ता तथा सुविधा बृद्धि गर्ने, सोही अनुसार नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गर्ने भएको छ।   माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

उक्त सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौंमा सभा बिहान ११ बजे शुरु हुनेछ।

prabhu mahalaxmi
kumari