stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीले दक्षिणकाली नगरपालिका–५, नारायणथानबाट अमेरिकन डलरसँग सटही गर्ने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ निगालेका कुमार तामाङ भनिने हस्तबहादुर तामाङलाई पक्राउ गरेको हो।

तामाङले गोदावरी नगरपालिका–९ का विजय कुँवरलाई ठगेका थिए। तामाङले आफूसँग ८ हजार डलर रहेको भन्दै नेपाली पाँच लाख रुपैयाँ दिए सो डलर उपलब्ध गराउने भनेर पाँच लाख रुपैयाँ लिएको र सुरुवमा ५० दरका अमेरिकन डलर दिई बाँकी भित्र छ भनेर दिएर फरार भएको प्रहरीको भनाइ छ। तर कुँवरले भने बाहिर ५० दरका अमेरिकन डलर राखेको र भित्र भने नेपाली २० रुपैयाँका २४० वटा नोटहरु राखेर दिएको आरोप लगाएका छन्।

कुँवरले कीर्तिपुर प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको काठमाडौंका एसपी कमोद ढुंगेलले जानकारी दिए। प्रहरीले तामाङको साथबाट ५० दरको अमेरिकन डलर १ थान र २० दरको नेपाली नोट २४० थान बरामद गरेको छ। तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

prabhu mahalaxmi
kumari