citizens life insurance long ad
stcnepal long ad

अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला गरेको छ ।

सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई कैद र जरिबानाको फैसला गरेको हो ।

जैसवाललाई आठ वर्ष कैद तथा ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् ८३ करोड २३ लाख ८५० रुपियाँ जरिबाना तोकिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद तथा तीन करोड ६७ लाख १४ हजार रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् सात करोड ३४ लाख २८ हजार रुपियाँ जरिबाना हुने फैसला भएको छ ।

दुवैलाई आलु र प्याज खरिद गरेको नक्कली कारोबार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवैविरुद्ध २०७७ वैशाख २ गते मुद्दा दायर गरेको थियो ।

रेहान फर्म दर्ता प्रमाणपत्र कतैबाट पनि जारी नभएकाले किर्ते कागजातका आधारमा फर्म स्थापना र कारोबार गरेको दाबी गरेको हो । त्यही मुद्दामा आरोपित दोषी ठहर भएका हुन् ।

IME Life
kumari