सिटिजन लाइफले पहिलो पटक लाभांश घोषणा
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६२५ प्रतिशत नगद गरी कुल ५ दशमलव २६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हिजो पुस १६ गते बसेको संचालक समितिको बैठकले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।
बोनश शेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।