macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज पुस १७ गते मंगलबार ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ४ वटै कम्पनीले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछन् ।

तसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३ प्रतिशत नगद वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ्गमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

कालिका पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश (कर प्रयोजन) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ ।

himalayan life insurance
igi long
NTA long ad