citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतमनेपाल बैंकर्स संघबाट सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकर्स संघको ३७औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित हुनु भएको छ । २०८०/०९/०७गते शनिवार चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्चकदर गर्दै उक्त सम्मान प्रदान गरको हो ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशकभन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा २०६७/०१/१७ देखि २०६८/०६/२८ सम्म रहनुभएको थियो ।

नेपाल बैंकर्स संघ जस्तो गरिमामय संस्थाबाट यस बैंककापूर्व अध्यक्ष सम्मानित हुन भएकोमा सिटिजन्स  बैंकले  गर्व महशुस गरेको छ साथै गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

यस अघि नै सोही संस्थाको ३५ औ वार्षिक साधारण सभाबाट सन् २०२१ मा यस बैंकका पूर्व अध्यक्ष डा. शंकर शर्मा जो हाल नेपालको तर्फबाट भारतका लागि राजदूत हुनुहुन्छ समेत सम्मानित भई सक्नु भएको छ ।

डा. शर्मा तथा गौतम जस्ता सम्मानित व्यक्तित्वबाट नेतृत्व प्राप्त गरिसकेको सिटिजन्स बैंकले १६ वर्ष पुरा गरि १७औं वर्षमा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

 

IME Life
kumari