stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने

भोलि बोलकबोल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

केन्द्रीय बैंकले भोलि पुस ६ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको हो।

पुसमा यो चौथोपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

यसका लागि भोलि २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको पुस २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंकले पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ३ गते १० अर्ब रुपैयाँ र पुस १ गते १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तानेको थियो।

गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

prabhu mahalaxmi
kumari