काठमाडौं सहरमा जोखिम बढदैछ
काठमाडाैं ।
१. माइक्रोबस, टाटा सुमो तथा स्कर्पियोमा कोचाकोच मान्छे भरेर बिभिन्न जिल्लाबाट दैनिक हजारभन्दा धेरै मान्छे चोरबाटोबाट काठमाडौं आइरहेका छन् |
भीमढुंगा, फर्पिंग, ककनी, साँगा, टोखा,साखु लगायतका दर्जनौं नाकाबाट बिना चेकजांच मान्छे ओइरिने क्रम बढिरहेको छ | प्रहरी प्रशासन आवत–जावत ब्यवस्थित गर्न असफल भएको छ ।
२. काठमाडौंका सडकमा ट्राफिक जाम छ । जोरबिजोरमा कुनै कडाइ छैन ।
३. बजारमा कोरोनापूर्वको अवस्था छ,भीडभाड छ ,भौतिक दुरी कसैले पनि पालना गरेका छैनन् ।
४. अस्पतालमा खुट्टा राख्ने ठाउँ छैन ।
५. अस्पताल वरिपरिका होटेल तथा चिया पसलमा मान्छेहरु जोडिएर बसेका छन् ।
६. ९० प्रतिशत व्यक्तिले नाक वा घांटीमुनी मास्क लगाएको देखिन्छ ।
७. टेस्ट नै नगरि घर पठाउने स्वास्थ्य मन्त्रालयको ‘ हावादारी ‘ निर्णयले संक्रमित गाउँगाउँमा पुगेका छन् ।
८. PCR को रिपोर्ट आउन २ हप्ता लाग्न थालेको छ । कोरोना भाइरस RNA भाइरस भएको तथा RNA अत्यन्तै छोंटो समय रहने भएकोले खात लागेका स्याम्पलबाट सहि रिपोर्ट आउने सम्भावना कम छ।
९. काठमाडौं लगायत जनघनत्व धेरै भएका सहरमा परिक्षणको दर ‘ छैन बराबर छ ‘ ।
१०. सरकारले कोरोना नियन्त्रणको भिजनरी रणनीति नबनाउने हो भने काठमाडौं लगायतका सहरमा कोभिड प्रकोप अनियन्त्रित हुने खतरा छ ।
११. भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीलाई अत्यन्तै कष्टकर अवस्था छ । उहाँहरुलाई न परीक्षण, न राम्रो क्वारेन्टाइन न सुरक्षित रुपमा थातथलो पठाउने ब्यबस्था छ ।
१२. कार्य सम्पादनमा असक्षम देखिएका मन्त्रीलाई आराम गर्ने सुबिधा दिएर एबम काम गर्न सक्ने इमान्दार तथा सक्षम व्यक्तिको टिम बनाएर काम नगर्ने हो भने हामी कोहि पनि सुरक्षित हुने छैनौं । . यो संकटलाई सुरक्षितरूपमा अवतरण गराएमा वर्तमान सरकारको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ। अन्यथा यी खेलाडीहरु खलपात्रको रुपमा स्थापित हुने डर छ ।


























