citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा ‘लकइन’ अवधि सकिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर र कर्मचारीको स्वामित्वमा रहेको सेयरमा लकइन अवधि पुस ९ गतेदेखि समाप्त हुने भएको छ ।

पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त हुन लागेको कम्पनीले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

त्यस्तै सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने कम्पनीले जनाएको छ ।

लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका छन् ।

IME Life
kumari