citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओ बापतको १ अर्ब ८४ करोड कर तिर्‍यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओ बापतको कर बुझाएको छ । बैँकले दिएको जानकारी अनुसार राज्यकोषमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको हो ।

अर्थमन्त्री डा।प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्ती र एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । तर, बैंक तथा वित्तीय संस्थाले ‘भूतप्रभावी’ नबुझाउने बताउँदै आएका थिए ।

आर्थिक विधेयकको व्यवस्थाविरुद्ध सरकारलाई प्रतिपक्षी बनाएर बैंक तथा वित्तीय संस्था अदालत पुगेका थिए । तर, अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा निर्णय गरेपछि राज्य कोषमा शुक्रबार नै कर बुझाएको एनबएमबीले जनाएको छ ।

himalayan life insurance
igi long