stcnepal long ad
nabil bank
macchha(MBL)

नक्कली कागजातका आधारमा विदेश पठाई मानव तस्करीमा सघाउने व्यक्तिहरू पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका–१० का ३८ वर्षीय नर बिर खड्का, सर्लाही विष्णु गाउँपालिका–६ का ३१ वर्षीय अरविन्द्र यादव, झापा कमलादी गाउँपालिका–२ का ४२ वर्षीय होम पोखरेल, महोत्तरी जलेश्वर नगरपालिका–२ का ३० वर्षीय मनुराज चौधरी, स्याङ्जा चापाकोट नगरपालिका–१० का ३६ वर्षीय राम प्रसाद भण्डारी, गुल्मी सत्यवती गाउँपालिका–५ का ३४ वर्षीय दिनेश ज्ञावली, सिरहा मिर्चैया नगरपालिका–१२ का २७ वर्षीय सरोज कुमार यादव, मोरङ उर्लाबारी नगरपालिका(५ का ५१ वर्षीय देवराज खनाल, अर्घाखाँची पाणिनी गाउँपालिका–८ का ३५ वर्षीय गणेश पाण्डे, सिन्धुपाल्चोक लिसंखुपाखा–७ का ३० वर्षीय संजय तामाङ, काठमाडौं महानगरपालिका–३२  पेप्सीकोला बस्ने ५३ वर्षीय राज किशोर शाह र स्याङजा वालिङ गाउँपालिका–६ का २५ वर्षीय रविन अर्याल रहेका छन् ।
भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीका शंकास्पद कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएपछि अनुसन्धानको क्रममा  एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिब्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिब्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो ।
उक्त कार्यालयबाट गत असोज १५ गतेदेखि हालसम्म १ हजार ५१३ थान शंकास्पद कागजात आएकामध्ये+2 सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट गरी २ सय ४६ थान कागजात नक्कली देखिएको थियो ।
उनीहरूलाई लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विभिन्न प्रहरी कार्यालयमा  पठाइएको छ ।
prabhu mahalaxmi
kumari