evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब रेमिटेन्स

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) २६्.४० प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि २३.१० प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८० प्रतिशतले बढेको थियो । चाडपर्वको समय भएर पनि रेमिटेन्स बढेको हुन सक्ने जानकारहरुको भनाई छ ।

यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६८ हजार ८४१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९६ हजार ७३५ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । भने ८७ हजार ४२८ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ ।

igi long
himalayan life insurance long ad