citizens life insurance long ad
stcnepal long ad

बैंकमा थुप्रियो पैसा: १ सातामै ३ पटक निक्षेप खिच्दै केन्द्रीय बैंक, आज पनि २५ अर्ब तान्ने

बैंकले आज बिहीबार मंसिर २१ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन मार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै १ सातामै ३ पटक निक्षेप तान्न लागेको छ ।  तरलता व्यवस्थापन गर्न २५  अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले आज बिहीबार मंसिर २१ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन मार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस ५ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सक्दा अधिक तरलताको अवस्था आएको छ ।त्यसैले केन्द्रीय बैंकले धमाधम निक्षेप तानेको हो ।

यो सातामा मात्रै केन्द्रीय बैंकले ३ पटक निक्षेप तान्न लागेको हो । यसअघि मंसिर १७ गते १० अर्ब र मंसिर २० गते पनि १० अर्बको निक्षेप तानिसकेको छ ।

IME Life
kumari