stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको पौने २० लाख बढी कित्ता शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको पौने २० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको शेयर खरिदका लागि न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो शेयर खरिदका लागि मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ।

prabhu mahalaxmi
kumari