macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन्स बैंकको १९० औं शाखा ललिपुरको इमाडोलमा संचालनमा

हालै खोलिएको टेकु शाखा र इमाडोल शाखामा विशेष छुट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विगत डेढ दशकदेखीअनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्गसेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेशाखाविस्तार गर्ने क्रममाआफ्नो १९०औं शाखा ललिपुरको इमाडोलमा संचालन माल्याएको छ ।

यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु संचालनमा रहेका छन् ।

नयाँ शाखा संचालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुुल्क प्राप्तगर्न सकिनेछ ।

साथै लकर सुविधालिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुुल्कमा ५०५ छुट उपलब्धरहेको छ । यो सुविधाहरु हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।

आज आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गर्नुभयोे ।

सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च् व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा ए.टि.एम. र ९७ वटा शाखा रहितबैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७९हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

 

himalayan life insurance
igi long
NTA long ad