stcnepal long ad
ime life insurance
global ime bank long

क्षत्री समाजद्धारा एमसीसीको विरोध

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पोखरा ।

क्षत्री समाज नेपालले राष्ट्रिय अस्मिता राष्ट्रिय, सार्वभौमिकता, अखण्डता माथी अमेरिकी सहयोग मार्फत ल्याउन लागिएको एमसीसीको घोर भत्र्सना सहित विरोध गरेको छ ।

विश्व यतिबेला कोभिड–१९ को महामारीबाट ग्रस्त भई सोको कारण सम्पूर्ण देश आक्रान्त भएको बेला सरकार सहयोगि अभिभावक भई जिवन रक्षामा लाग्नुपर्नेमा केहि विकास र धन राशिको लोभमा सत्तापक्ष र विपक्ष मिलि गर्न लागिएको सम्झौता देश विरोधि, राष्ट्रघाति कार्य भएकोले सो कार्य तुरुन्त रोक्न समाजको तर्फबाट केन्द्रिय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षत्री र महासचिव केशबहादुर के.सी द्धारा जारी विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।

सबै पार्टि नेता, कार्यकर्ता र आम समुदाय राष्ट्रको पक्षमा उभि राष्ट्रको विरुद्धमा हुने हरेक गतिविधिमा सजक रहन र परिआए कडा आन्दोलनमा पनि उत्रीन समाज तयार रहेको छ ।

विगतमा पनि राष्ट्र, राष्ट्रियता र जातिय सद्भाव का लागि आमजातिको नेतृत्व दायी भुमिका खेलेको समाजले सरकारको एकतर्फि रबैया होस वा माननीयको नाउमा सरीता गिरीबाट व्यक्त गरिएको राष्ट्र विरोधि भनाईलाई अविलम्ब कारवाहिको समेत माग गरिएको समाजका केन्द्रिय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्ण बहादुर थापाले बताए ।

समाजले यस अघि भारततर्फबाट मिचिएको नेपाली भुमी कालापानि, लिम्पियाधुरा लगाएतको भुमि अतिक्रमण गरिएकोमा देशव्यापी विरोध जनाए पश्चात सरकारले सो भुमि समेटि प्रकाशित नेपालको नक्शा प्रति औपचारीक रुपबाट सम्पूर्ण भुमि समेटिएकोमा धन्यवाद ज्ञापन गरीएको छ ।

समाजले आम नेपालिको जनजीवनलाई मध्यनजर गर्दै ठोस राहत, सहयोग व्यवस्थापन गर्न विज्ञप्ति मार्फत अनुरोध गरीएको छ । जातीय सद्भाव भड्कने केहि गतीविधिहरु भएकोमा आम नेपालि एक भई त्यस्ता गतिविधि नगर्न नगराउन र कोहि कसैबाट कुनै जातिविरुद्ध नलागी कानुन संवत कारवाहि गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराईएको छ ।

prabhu mahalaxmi
kumari