citizens life insurance long ad
stcnepal long ad

बैङ्क तथा वित्तीय संस्थाले कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको समीक्षामा बैङ्क तथा वित्तीय संस्थाले कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत दुई खर्ब ३८ अर्ब २९ करोड गरी कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् ।

अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद २३ खर्ब ५५ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैक) बाट अमेरिकी डलर एक अर्ब २५ करोड ६३ लाख खुद खरिद गरी एक खर्ब १६६ अर्ब ५४ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब १९ करोड ९७ लाख खुद खरिद गरी एक खर्ब ५४ अर्ब चार करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब दुई करोड बिक्री गरी एक खर्ब ३० अर्ब ४१ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा वाणिज्य बैंकहरूको करिब १३ खर्ब नौ अर्ब र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कबाहेक) को एक खर्ब ८४ अर्ब गरी कुल १४ खर्ब ९४ अर्बको अन्तर बैङ्क कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको आठ खर्ब ५६ अर्ब दुई करोड र अन्य वित्तीय संस्थाहरूको ८५ अर्ब ५८ करोड गरी कुल नौ खर्ब ४१ अर्ब ६० करोडको अन्तरबैंक कारोबार भएको थियो ।

IME Life
kumari