stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

होण्डाको “दसैंमा १० लाख” योजना अब छठ पर्वसम्म उपलब्ध हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको आकर्षक उपहार योजना “दसैंमा १० लाख” मा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ ।

कम्पनीले छठ पर्वसम्मको लागि योजनाको अवधि थप गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन् ।

यसका साथै “चुज योर स्किम” अन्तर्गत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा रु। १२,५०० बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु। १ फाइनान्स योजना” मा पनि यो “दसैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु। १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

स्क्र्याच कुपनमार्फत १० लाख सम्मको नगद पुरस्कार जित्न सकिने यो योजनामा हाल सम्म सुनिल सापकोटा, मनोज कुमार शाह,तारा शिरिष थापा मगर, नीरज चौधरी, भरतपुरका हरि प्रसाद पौडेल, शुशीला कुमारी कार्कीले स्क्र्याच कुपनमा २५ हजार जितेका छन् ।

साथै यो उपहार योजनाका साथमा दस हजार र पाँच बर्षका लागि मर्मतसम्भार मध्ये कुनै एक रोज्न सकिने अर्को स्क्र्याच कुपन उपहार योजना पनि समावेस छ ।

उमेश रायमाझीले भने स्क्र्याच कुपन मार्फत् २५ हजार र थप स्क्र्याच कुपन उपहार योजना बाट थप ७ हजार गरि जम्मा ३२ हजार जितेका छन् ।

त्यस्तै, डिकेश महर्जनले स्क्र्याच कुपनमार्फत् नगद रु. ३० हजार जितेका छन् । उक्त उपहार योजनाअन्तर्गत नै बिमल बहादुर प्रजापतिले स्क्र्याच कुपन मार्फत् ५० हजार नगद जितेका छन् ।

सरोज पोख्रेल र प्रेम बहादुर खत्रीले स्क्र्याच कुपनमार्फत् क्रमसः नगद रु। एक लाख र नगद रु. दुई लाख जित्न सफल हुनु भएको छ ।

’होण्डा छ साथ साथ’ नाराका साथ कम्पनि ले लिएर आएको ’होण्डा दसैंमा दस लाख’ उपहार योजना अन्तर्गत स्क्र्याच कुपनमार्फत अहिले सम्म जितिएको सर्वाधिक ठुलो धनरासी भने ५ लाख रुपैयाँ रहेको छ ।

धादिङ्गका राम कुमार श्रेष्ठले यस उपहार योजनाअन्तर्गत अहिले सम्ममा सर्वाधिक ठूलो रकम उपहार रु। ५ लाख जितेका हुन् ।

यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपनमार्फत जितिने भनिएको अधिकतम उपहार रु। १० लाख भने हालसम्म पनि जितिएको छैन ।

हालसम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले ‘होण्डा दसैंमा १० लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार रु. १० लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari