stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले भक्तपुर इन्टरनेसनल हस्पिटलमा आकर्षक छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भक्तपुर इन्टरनेसनल हस्पिटल, मध्यपूरठिमी नगरपालिका, कौशलटार, भक्तपुर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा मध्यपूरठिमि स्थित अत्याधुनिक सुविधा सम्पन्न भक्तपुर इन्टरनेसनल हस्पिटल सगं सहकार्यगर्ने आपसि सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक रामजी श्रेष्ठले हस्ताक्षर गरे । उक्त समारोहमा कम्पनीका मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।

यो सँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले सम्झौता पश्चात हस्पिटल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित स्वास्थ्य बीमाको सुविधा लिन सक्नेछन साथै अस्पतालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा ५ देखि २० प्रतिशत सम्म छुट दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari