citizens life insurance long ad
stcnepal long ad
national life

भूकम्पपीडितको सहयोगमा एनसेलः कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

Prabhu Insurance Long Ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको सहयोगार्थ कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

एनसेलले बिहीवार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

एनसेलका तर्फबाट चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।

साथै एनसेलले जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व) मा रहेका ग्राहकहलाई ४० लाख बराबरको ब्यालेन्स निःशुल्क उपलब्ध गराएको थियो ।

‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गर्दै आएको कुरा हामीलाई अवगत छ । पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ,’ मन्त्री बीसीले भने ।

कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरूमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग छलफल जारी राखेको एनसेलले जनाएको छ । भूकम्प प्रभावितलाई आवश्यक सहयोग प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर उपाध्यायले भने ।

प्रदेश सरकारका कामु मुख्य सचिव चुडामणि पौडेलले भने, ‘कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।’

यससँगै भूकम्पपीडितको सहयोगमा एनसेलले झण्डै १ करोड रुपैयाँ खर्च गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भुकम्प गएको थियो । जसबाट १५३ जनाको मृत्यु भएको छ । यस्तै ३६४ जना घाइते हुनका साथै थुप्रै भौतिक तथा सम्पत्तिको क्षति भएको छ ।

himalayan life insurance
igi long