citizens life insurance long ad
stcnepal long ad

कामना सेवा विकास बैंकका शेयरधनीको हात खाली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको कार्तिक २१ गते मंगलबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकको सोही बैठकले २०८० आषाढ मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचिती गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरि त्यहाँबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

IME Life
kumari