stcnepal long ad
global ime bank long

आईपीओ र हकप्रदलाई अनुमति दिने प्रणाली नै परिवर्तन गर्दै बोर्ड, स्वीकृति दिने अधिकार संचालक समितिलाई!

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निरन्तर घटिरहेको बजारमा सार्वजनिक निष्काशन मार्फत आइपिओ तथा राइटले बजारलाई अझ कमजोर बनाएको आरोप लगानीकर्ताले लगाएपछि धितोपत्र बोर्डले नयाँलाई अनुमति दिने प्रणाली नै परिवर्तन गर्ने तयारी गरेको छ।

नयाँलाई अनुमति दिने प्रणाली नै परिवर्तन हुने पछि केहि समय भए हुने पनि अहिलेको जस्तो आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्काशनमा ढिलो हुने र लगानीकर्ता अहिले जस्तो ‘प्यानिक’पनि नहुने धितोपत्र बोर्ड स्रोतले अर्थसंसारलाई बताएको छ।

नयाँलाई अनुमति दिने प्रणालीमा अनुमति दिने अधिकार नै सञ्चालक समितिलाई दिने तयारी बोर्ड अध्यक्ष हमाल आफैँको छ।

आईपीओ तथा हकप्रद सेयर निष्काशनमा कडाई नगरेको भन्दै बोर्ड अध्यक्ष हमालको आलोचना भैरहेकोले अब यो अधिकार आफुलाई नभएर संचालक समितिलाई दिने तयारी गरिएको छ। यसरी लागि कार्यावधि अधि बढिसकेको बोर्ड स्रोतले बतायो। संचालक समितिलाई अधिकार दिने भएपछि यसै पनि निष्काशन स्विकृतिमा ढिलो हुने नै छ।

आफुहरुले पनि बजारको अहिलेको प्यानिक सेन्टिमेन्ट बुझेको तर सार्वजनिक निष्काशन रोक्न नमिल्ने बताएको छ। लगानीकर्ताको मनोविज्ञान परिवर्तन गर्ने कसरी सर्वसाधारणको लगानीलाई जोखिम रहित बनाउने भन्नेमा आफुहरु निरन्तर लागेको तर केहि समूहहरु निरन्तर बजारमा प्यानिक बनाउदै बोर्डलाई कमजोर गर्न निरन्तर हमला गर्न तल्लिन रहेको बोर्डको बुझाई छ।अनुमति पाईसकेका कम्पनीहरुको निष्काशन प्रक्रिया भने रोकिने छैन्।

IME Lifesidebar
kumari