stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भिजन लुम्बिनी उर्जाको आइपीओमा आजदेखि आवेदन खुला

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आज बिहीबार (कात्तिक १६ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो ।

यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इन्फोमेरिक्सले २०७९ पुस २९ गते उक्त रेटिङ दिएको थियो ।

यो रेटिङ २०८० पुस २८ गतेसम्म बाहल रहनेछ । यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, बुटवल महानगरपालिका, वडा नं.६, गुरुद्धापथ, बुटवल, रुपन्देही कर्पोरेट कार्यालय, कामनपा १० बुद्धनगर, काठमाडौं र जलविद्युत उत्पादन केन्द्र कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका साविक घाचोक, सार्दिखोला, पुरानचौर र माछापुच्छे« गा.वि.स मा रहेकोछ ।

कम्पनीले कास्की जिल्लास्थित सेती नदीको पानी प्रयोग गरी २५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ असार १५ गते प्राप्त गरेको थियो ।

उक्त अनुमति २११२ असार १४ गतेसम्म बहाल रहन्छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड ६३ हजार ६२४१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिमेगावाट अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।४६ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष छ ।  एनपीभी १ लाख ९९ हजार ४३६ रुपैयाँ रहेको छ । भिजन लुम्बिनी उर्जा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै,  जारी  पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब ९१ रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ८०% र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २०५ रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म २९ करोड २८ लाख ११ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८१/८२ मा ३३ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

साथै, आर्थिक वर्ष २०८१/८२ मा ३८ करोड ३९ लाख ८२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १४ पैसा कायम हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७१ पैसा हुने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८५ पैसा हुने प्रक्षेपण छ ।

prabhu mahalaxmi
kumari