stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई लघुवित्तले २.१५ प्रतिशतले बढायो नाफा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २७.१५% ले बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यसले २ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा सञ्चालन नाफा १३.८५% र खुद ब्याज आम्दानी २६.७४% ले बढ्दा यसको नाफामा बढोत्तरी आएको हो ।

हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५० करोड ४३ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी रुपैयाँ २१ रुपैयाँ ९८ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५ पैसा छ । ग्लोबल आइएमईको खराब कर्जा भने २.७३५ बाट बढेर ४.७६% पुगेको छ ।

prabhu mahalaxmi
kumari