एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै
काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दैछन् । नेपालले सेमिफाइनलमा जापानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने युएईले सिंगापुरलाई पराजित गरेर फाइनलमा पुगेको हो ।
फाइनलमा पुगेसँगै नेपाल र युएई एशिया कपका लागि छनौट भइसकेका छन् । त्यसैगरी तेस्रो स्थानको खेलमा जापानले सिंगापुरलाई पराजित गरेसँगै तेस्रो हुदै एशिया कपका लागि छनौट भएको छ ।
एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने प्रिमियर कपबाट नेपाल, युएई र जापान एशिया कपमा छनौट भएका छन् ।
आज हुने फाइनलबाट प्रिमियर कपको विजेता र उपविजेताको टुंगो लाग्ने छ । यू–१९ एशिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा आयोजना हुदैछ ।





















