stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड २२९ रनले पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २२९ रनले पराजित गरेको छ। शनिबार मुम्बईको वांखडे स्टेडियममा जारी खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २२९ रनले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले ४०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड २२ ओभरमा १७० जोडेर अलआउट भएको हो। इंग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ४३ रन बनाए।

गस एट्किन्सनले ३५ रन, हेरी ब्रुकले १७, जोस बट्लरले १५, डेभिड विलीले १२, एडिल रशिद र जोनी बैरस्टोले १०र० रन बनाएका थिए। अरू एक अंकको रन बनाएर आउट भएका थिए।

बलिङतर्फ दक्षिण अफ्रिकाका जेराल्ड कोइत्जीले तीन विकेट, लुंगी गिदी, मार्को जेनसेनले दुईरदुई विकेट, काजिसो राबादा र केशव महाराजले १र१ विकेट लिएका थिए।

हेनरिच क्लासेनको शतकमा दक्षिण अफ्रिकाले इंग्ल्यान्‍डसामु विशाल लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो। क्लासेनले ६७ बलमा १०९ रन बनाएका छन्। जसमा १२ चौका र ४ छक्का प्रहार गरे। उनी यस खेलका प्लेयर अफ द म्याच बनेका छन्।

रिजा हेन्ड्रिक्सले पनि ८५ रन जोडेका छन्। उनले ७५ बलमा उक्त रन बनाएका हुन्। उनले ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै मार्को जेनसेनले अविजित रही ४२ बलमा ७५ रन र रासी भान डेर डुसेनले ६१ बलमा ६० रन बनाए। एइडन मारक्रम ४२ रन बनाएर आउट भएका थिए। अन्य खेलाडीहरूले दुई अंकको रन बनाए।

बलिङतर्फ इंग्ल्यान्डका लागि रिस टप्लेले तीन विकेट, गस एट्किन्सन र अदिल रसिदले २(२ विकेट लिएका हुन्। दक्षिण अफ्रिका अंक तालिकामा ६ अंकसहित तेस्रो स्थानमा छ। दक्षिण अफ्रिकाले एक खेल नेदरल्यान्ड्ससँग पराजय भोगेको छ।

अस्ट्रेलिया र श्रीलंकालाई पनि दक्षिण अफ्रिकाले पराजित गरेको छ। यस्तै इंग्ल्यान्ड नवौं स्थानमा छ। इंग्ल्यान्डले बंगलादेशलाई मात्रै पराजित गरेको छ। अफगानिस्तान र न्युजिल्यान्डसँग पनि पराजित भइसकेको छ।

prabhu mahalaxmi
kumari