stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संयुक्त राष्ट्रसंघको स्थापना दिवस जंगी अड्डामा मनाइँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली सेनाले आज सैनिक मुख्यालय जंगीअड्डामा विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाउँदैछ।

राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ भए पनि त्यस दिन यो वर्ष नेपालमा दशैं पर्व परेकाले आज नै ‘युएन–डे’ शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी मनाउन लागिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

नेपाली सेनाका प्रवक्ता भण्डारीका अनुसार उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘युएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ ।

अ​अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको हो।

राष्ट्रसंघका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय राष्ट्रसंघका अङ्ग हुन्।

नेपाल सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ ।

prabhu mahalaxmi
kumari