‘चित्रा’को छायांकन सम्पन्न

पोखरा । चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सम्पन्न भएको छ । यो चलचित्रको छायाँकन समापनसँगै रिलिजको घोषणा पनि गरिएको छ ।
फिल्मलाई माघे संक्रान्तीको छेको पारेर २७ पुसमा नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी गराएका छन् ।
यो चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।
घनश्याम लामिछानेद्धारा निर्मित यो चलचित्र पोखराबाट निर्माण गरिएको हो । निर्देशक लामिछानेका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ ।
आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ ।
यो चलचित्रमा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी छन् ।
जसमा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्ले) यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् ।
१ कात्तिक २०८०, बुधवार ०८:२१ बजे प्रकाशित