macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५ लाख ६३ हजार कित्ता सेयर लिलामी बिक्री खुला

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज (कात्तिक १ गते) देखि ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १५ गतेसम्म रहेको छ ।

यसअघि कम्पनीले भदौ ३ देखि ३१ ग्तेसम्म ४० गतेसम्म ३२ लाख ८७५ हजार कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

यसमा सानिमा क्यापिटल नक्साल काठमाडौं तथा सानिमा बैंकको हेटौंडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै, सानिमा बैंकको बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ शाखा कार्यालयबाट पनि बोलपत्र पेस गर्न सकिनेछ ।

१ कात्तिक २०८०, बुधवार ०८:४० बजे प्रकाशित

NTA long ad