stcnepal long ad
ime life insurance
global ime bank long

व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै साना व्यवसायीहरु प्रदर्शनमा उत्रिए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै  प्रदर्शनमा उत्रिएका छन् ।  न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनु पर्ने माग सहित सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु आज विरोधमा उत्रिएका हुन् ।

व्यापारीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफुहरु घर भाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने माग गरेका छन् ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु समस्यामा परेको उनीहरुको भनाइ छ । दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए ।

व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।

prabhu mahalaxmi
kumari