stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बहराइनलाई हराउँदै नेपाल शीर्षस्थानमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एसीसी यू(१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। ​

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए।

देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमवल ५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो।​ बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश क‌डेलले ६ विकेट लिएका थिए ।

दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए। नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ।

prabhu mahalaxmi
kumari