stcnepal long ad
global ime bank long

नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज इजरायल जाँदै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इजरायल–हमास द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज इजरायल जानेका भएको छ।

परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्दै छ।

प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त बनेको इजरायलबाट दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेका छन्।

विभिन्न मुलुकबाट हवाई रुट अनुमति लिनुपर्ने असहजताले उद्धारमा केही ढिलाइ भएको छ। नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकालाई उद्धार गर्ने सरकारको तयारी छ।

IME Lifesidebar
kumari