stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक साढे ९ करोड हिनामिना गरेर बेपत्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं . विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको ९ करोड रुपैयाँ हिनामिना गरेर सम्पर्कविहीन भएका छन्। सहकारी सञ्चालक करिब ५०० बचतकर्ताको रकम हिनामिना गरेर बेपत्ता भएका हुन्।

सहकारीले सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा पनि सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो। मंगलबार सहकारी पीडित सर्वसाधारणले पत्रकार सम्मेलन गरी रकम फिर्ताको वातावरण बनाइदिन आग्रह गरे। सहकारी बचत फिर्ता नदिएपछि उजुरी गर्न पुगे पनि प्रहरीले नलिएको बचतकर्ताको गुनासो छ।

सहकारीको रकम हिनामिनाका विषयमा प्रदेश सरकारको रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गरिरहेकाले उजुरी नलिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले प्रष्ट पारे।

बचतकर्ताको रकम हिनामिना भएपछि छानबिन गर्न गठित समितिले सहकारीका अध्यक्ष अमलेश कर्णसहित चार सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो।

IME Lifesidebar
kumari