stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ ।

हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको   उडानको समय भोलि बिहान १ बजे तय भएको थियोे । तर इजरायलमा युद्ध चलिरहेकाले भिसा पाएका २४ जना कामदारलाई त्यहाँको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।

जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari