stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिजिटल पेन्टसको उपहार योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले चाडपर्बलाई लक्षित गर्दे डिजिटलको हर्ष उपहारको वर्षा योजना ल्याएको छ ।

उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई, द्वितिय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतिय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै सान्तवना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडि र बम्पर उपहार अन्र्तगत १ जनालाई नगद १  लाख रुपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए ।

डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठुला सहर गरि ८० भन्दा वढि आधिकारीक डिलरहरु मार्फत ग्राहकहरू लाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ।

कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ। स्वदेशी उत्पादन र स्वदेशी लगानीवाटनै गुणस्तरीय रंग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशी प्रदेशमा निकै राम्रो फड्को मारेको छ ।

जर्मन प्रतिधिवाट उत्पादन गरेको र आफै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा बितरण गर्दे आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमले बताए।

prabhu mahalaxmi
kumari