stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्थानीय तहलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीयद्वारा आर्थिक सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय तथा आ–आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका ३९ वटा शाखा कार्यालयहरु मार्फत स्थानीय तहले स्थापना गरेको राहत कोषमा प्रत्येक शाखा कार्यालय मार्फत आर्थिक सहयोग गरेको छ।

लघुवित्तले १० हजारका दरले चार लाख रुपैयाँ विभिन्न स्थानीय तहको राहत कोषमा जम्मा गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए ।

आर्थिक सहयोग रकम हस्तान्तरणको सुरुवात संस्थाका अध्यक्ष बावुराम बिश्वकर्माले बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई संस्थाका सञ्चालक समिति सदस्य रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर बिश्वकर्मा र प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको उपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो ।

साथै, कोरोना भाइरसको प्रभावलाई मध्यनजर गरी आगामी दिनहरुमा पनि कोरोना भाइरसको संक्रमणबाट प्रभावितहरुलाई राहत वितरण गर्ने संस्थागत योजना रहेको संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले जानकारी दिए ।

त्यस्तै ३९ वटै शाखा कार्यालयका शाखा प्रमुखहरुले आ–आफ्नो शाखा रहेको स्थानीय तह सँग समन्वय गरी स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने गरी नगर प्रमुख तथा अध्यक्षहरुलाई चेक हस्तान्तरण गरेको थियो ।

prabhu mahalaxmi
kumari