stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सबाट बाहिरिए नायब प्रमुख कार्यकारी अधिकृत विपिन लाल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल स्वेच्छिक अवकाश रोजेर बाहिरिएका छन् । उनी हिमालयन लाइफमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सले बैशाख २६ गतेबाट हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गर्नु अघि उनी गुराँस लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

मर्जर सम्झौता अनुसार एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति अध्यक्ष दुबै पदमा साबिक यूनियन लाइफ इन्स्योरेन्सबाटै प्रतिनिधित्व हुने भएपछि उनी नायब प्रमुख पदमा नियुक्त हुनु परेको थियो ।
२०७८ कात्तिक ३ गते गुराँस लाइफमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु अघि लाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको मधेश प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका थिए।

तीनवटा जीवन बीमक गाभिएपछि कारोबार र शाखा सञ्जालको तुलनामा कर्मचारी स‌ंख्या अधिक भएको निष्कर्ष सहित हिमालयन लाइफ इन्स्योरेन्सले स्वेच्छिक अवकाश योजना सार्वजनिक गरेको थियो ।

स्वेच्छिक राजीनामा रोजेर असोज ५ गतेदेखि लागू हुने गरी लाल हिमालयन लाइफ इन्स्योरेन्सबाट बाहिरिएका हुन् ।

prabhu mahalaxmi
kumari