stcnepal long ad
global ime bank long

४ म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ४ वटा म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनको लागि यी फण्डहरुले बुक क्लोज गर्ने भएसँगै आज असोज १० गतेसम्म कायम ईकाईधनीले प्रतिफल सुरक्षित गर्न सक्नेछन् ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ तथा एनएमबि फिफ्टी योजनाले प्रतिफल वितरण प्रयोजनार्थका लागि असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएका छन्।

त्यसकारण असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्।

त्यसैगरी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनका लागि असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।

त्यसकारण असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डले आफ्ना इकाईधनीहरुका लागि करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो।

सानिमा इक्विटी फण्डले प्रतिफल बितरणको लागि असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम इकाईधनीले फण्डले प्रस्ताव गरेको १८ प्रतिशत प्रतिफल पाउनेछन् ।

असोज ११ गते इन्द्र जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा परेको हुनाले नेप्से पनि बन्द हुनेछ ।

IME Lifesidebar
kumari