citizens life insurance long ad
stcnepal long ad

थारु समुदायमा अटवारी पर्वको रमझम

Nimb long ad
Prabhu Insurance Long Ad

कपिलवस्तु । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा तराई क्षेत्रमा बसोवास गर्ने चौधरी (डगौरा) समुदायले ‘अटवारी’ पर्व हिजो आइतबार भव्यसँग मनाएका छन्। यो पर्व कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी डगौरा समुदायले निकै उत्साहपूर्वक मनाउने गर्दछन्।

यो समुदायमा आइतबारलाई ‘अटवार’ ले चिनिन्छ। यसकारणा आज (आइतबार) यो पर्व प्रारम्भ हुन्छ। यो पर्वमा दाजुभाइहरुले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।

आज (आइतबार) दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकारहरु बनाउँछन् भने भोलि बिहान ७, ९, ११, १३ विजोडी प्रकारको तरकारीलगायतका खानेकुरा पकाएर दिदीबहिनीलाई कोसेली पुर्‍याइदिन जान्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरुले यो पर्वमा खल्लो महसुस गर्छन् भने कतिले दाजुभाइ दिदीबहिनी बनाउने पनि गरेका छन् ।

वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने चलन पनि छ । दाजुभाइहरु दिनभरि व्रत बसेर बेलुका फलफूल र विभिन्न थरिका रोटीका परिकार पकाउँछन् र भोलि बिहान विभिन्न थरिका तरकारीहरु बनाउँछन् ।

भोलिपल्ट बनाउने तरकारी ७, ९ वा ११ थरिका बिजोडी संख्यामा बनाउनुपर्ने मान्यता छ । त्यही परिकारहरु लिएर दाजुभाइहरु विवाहित दिदीबहिनीलाई भेट्न उनीहरुकै घर जान्छन् । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।

अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डव मध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् ।

अटवरी थारु समुदायको मौलिक पर्व हो। अटवरी पर्वमा थारु समुदायले महाभारतका प्रमुख पात्र ५ पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्छन्।

ऐतिहासिक पक्ष
किंवदन्तीअनुसार कुनै बेला भेवा (भीम घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए। तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबर्जस्ती गर्ने गरिरहेको थियो। उक्त राक्षसलाई मारेर ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अटवरी पर्व मनाउने प्रचलन सुरु भएको हो ।

IME Life
kumari