stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडों । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कार्ड सार्वजनिक गरेका हुन् ।

बैंकले अजय रत्न शाक्यलाई पहिलो कार्ड प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बुद्ध एयरको सहकार्यमा कार्ड जारी गर्न पाउँदा खुसी व्यक्त गर्दै बैंकिङ क्षेत्रमा ऐतिहासिक हुने हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार यो कार्ड अन्य बैंकमा प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन । यस कदमसंगै एमएमबि बैंक पनि पर्यटन क्षेत्रको विकासको योगदानमा सहभागी भएको बताए ।

त्यस्तै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले बैंकसंग सहकार्य गर्न पाउँदा खुसि व्यक्त गर्दै वि च्याटमार्फत चीनबाट अनलाइनको माध्यमबाट टिकट काट्न सकिने र यसले पर्यटनको साथै समग्र देशको अर्थतन्त्रमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।

IME Lifesidebar
kumari