citizens life insurance long ad
stcnepal long ad

शे–फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा फेला

Nimb long ad
Prabhu Insurance Long Ad

डोल्पा। हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–४ बाट लुटिएका आठ थान धातुका मूर्तिहरु डोल्पोबुद्ध गाउँपालिकामा भेटिएका छन् ।

गत असार ८ गते स्थानीय लार्जम लामाको घरबाट मध्यराती हतियारधारी समुहद्धारा लुटिएका मूर्ति दुई महिनापछि डोल्पोबुद्ध गाउँपालिका–३ फोलोङ्कार्बो स्थित एक ओडारमा बेवारीसे अवस्थामा भेटिएका हुन् ।

घाँस काट्न गएका स्थानीय महिलाले २७ भदौमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि धो बाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको झण्डै एक साता पछि बुधवार जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो ।

धातुको जस्तो देखिने सात थान मूर्ति र एक थान चिस्तुम सार्वजानिक गरिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

भेटिएका मूर्ति र स्तुपासहित आठ थान मध्ये छ थान लार्जम लामाकी छोरी ३६ बर्षिया पेम्बा पुटिक लामाले आफ्नो भनि सनाखत गरेपनि बाँकी दुई थान मूर्ति कहाँका हुन भन्ने अझै खुल्न सकेको छैन् ।

बिहिवार पुरातत्व विभागको राय लिएरमात्र सनाखत गरिएका मुर्ति बुझाइने र दुई थान मूर्तिबारे अनुसन्धान अघि बडाइने डिएसपी बुढाथोकीको भनाइ छ ।

भौगोलिक रुपमा विकट भएकाले सबै ठाउँमा सुरक्षा चौकीहरु नहुँदा उपल्लो डोल्पामा दिनदाहाडै हतियारधारी समुहले पटकपटक प्राचिन गुम्बाहरु, व्यक्तिका धनमालहरु लुट्ने गरेका छन् ।

IME Life
kumari