stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

पोखरा । नेपालमा शनिबार थप १७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । शनिबार पुष्टी भएका सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।

निर्देशनालयका अनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुष रहेका छन् ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष, नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म स्याङ्जामा २३ जना, बागलुङमा १९, नवलपरासी पूर्वमा १३, पर्वतका ९, कास्कीमा ३, तनहुँका ३ जना, म्याग्दीका २ जना र लमजुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

 

prabhu mahalaxmi
kumari